हुम्लाको ताजाकोट गाउँपालिकाको कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। यही भदौ ७ गते राति करिब १ बजेतिर ताजाकोट– ३, टाकुरेस्थित गाउँपालिकाको कार्यालयमा आगजनी भएको थियो।
घटनाबारे जानकारी प्राप्त भएपछि अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ताजाकोट– ४, गल्लाबाडा बस्ने करिब ४७ वर्षीय कृष्णचन्द्र जैसी र सोही गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत ४५ वर्षीय धनराज ढकाललाई प्रहरीले पक्राउ गरेको हो।