शंकास्पद गतिविधिमा संलग्न १० बंगलादेशी पक्राउ

सोमबार, २२ भदौ, २०८३
डिजिटल संस्करण

काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयले शंकास्पद गतिविधिमा संलग्न १० बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ।

ठमेल एरियाका होटेल तथा गेस्टहाउसहरूमा गैरकानुनी रूपमा विदेशी नागरिकहरू बसिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ४६ वर्षीया फहिमा अक्तर हसन, ४८ वर्षीय महमुद, ४५ वर्षीय महबुब हसन, ४९ वर्षीय रिपोन महमुद, ३० वर्षीय एमडी– करामत अली खान, ३० वर्षीय साहिदुर रहमान, ५० वर्षीय एमडी खलिलुर रहमान, २८ वर्षीय आरिफुर रहमान, ४२ वर्षीय एमडी मारुफ मृधा र ६४ वर्षीय मोहम्मद हनिफ मिया रहेका छन्।

होटेल ढाका एक्सप्रेस, होटेल डि भेढा र होटेल अलरहमानलगायतबाट पक्राउ परेका उनीहरूलाई प्रहरीले थप अनुसन्धानका लागि अध्यागमन विभाग कालिकास्थान पठाएको छ।

सुझावित समाचार