एनआइबिएल इक्विटी पार्टनर्सको लगानी ‘लस्ट इन मन्डला’मा

सोमबार, २२ भदौ, २०८३
डिजिटल संस्करण

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सहायक कम्पनी एनआइएमबि एस क्यापिटलद्वारा व्यवस्थित एनआइबिएल इक्विटी पार्टनर्सले नेपालकै पहिलो एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मन्डला’मा लगानी गर्ने भएको छ ।

इक्विटी पार्टनर्स र इन्सेसन्ट रेन स्टुडियोले चलचित्रमा लगानी गर्नेबारे सम्झौता गरेका छन् । प्रस्तावित कारोबार सम्झौताअन्तर्गत इक्विटी पार्टनर्सले १० करोडसम्म लगानी गर्ने योजना बनाएको छ । यो लगानीले नेपालमा चलचित्रको निर्माण तथा यससँग सम्बन्धित विभिन्न गतिविधिलाई सहयोग पुर्याउने इक्विटी पार्टनर्सले जनाएको छ । 

एनआइएमबि एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सिवान्तबहादुर पाण्डेका अनुसार यो साझेदारीले नेपालको एनिमेसन उद्योगलाई प्रोत्साहन गर्ने र विश्व मानचित्रमा उभ्याउने उद्देश्य राखेको छ । आफ्नै देशका विश्वव्यापी सम्भावना बोकेका मौलिक कला तथा बौद्धिक सम्पत्तिलाई समर्थन गर्नु अपरिहार्य रहेको र यो साझेदारीले त्यसैलाई जोड दिएको उनले बताए । 

सुझावित समाचार