लघुवित्त नीति संशोधन गर्ने वेला आयो : उपाध्यक्ष भट्ट

सोमबार, २२ भदौ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले लघुवित्तसम्बन्धी नीति संशोधन गर्ने वेला आएको बताएका छन् । पछिल्लो समय लघुवित्तको स्थायित्वकै विषयमा प्रश्न उठ्न थालेको भन्दै अब पुरानो नीति संशोधन गरेर अघि बढ्नुपर्ने उनले बताएका हुन् । 

आइतबार डा. हरिहरदेव पन्तको ११औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले राष्ट्र बैंकले २० वर्षपहिला ल्याएको लघुवित्त नीति अब संशोधन गर्ने वेला आएको बताएका हुन् ।  कार्यक्रममा तत्कालीन बिमा समितिका पूर्वअध्यक्ष फत्तबहादुर केसीले नेपालमा लघुवित्तले गरिबी न्यूनीकरणमा ठुलो सहयोग गरेको बताए । 

कार्यक्रममा एक लाख राशीको ‘डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार’ लगानी न्युज डटकमका सम्पादक आशिष ज्ञवालीलाई प्रदान गरिएको छ । लघु उद्यमी पुरस्कार बागमती प्रदेशकी रसिला तामाङलाई प्रदान गरिएको छ । यस्तै, शैक्षिक उत्कृष्टता पुरस्कार कमल पौडेललाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि ५०–५० हजार रहेको छ ।

सुझावित समाचार