विदुर नगरपालिकामा भदौ २४ देखि विद्यालय पुनः सञ्चालन गर्ने निर्णय

आइतबार, २१ भदौ, २०८३
डिजिटल संस्करण

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण बन्द रहेका विदुर नगरपालिकाका विद्यालयहरूमा यही भदौ २४ गते बुधबारदेखि पठनपाठन सुरु हुने भएको छ।

आइतबार बसेको नगर कार्यपालिकाको बैठकले होल्डिङ सेन्टरको रूपमा उपयोग गरिएका र पूर्ण रूपमा क्षति भएकाबाहेकका विद्यालयहरू नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो।

भदौ १० गतेको बाढीबाट विदुर नगरपालिकाको त्रिशूली बजार, ढुंगे, देवीघाट, बेत्रावतीसहित धेरै बस्ती बगरमा परिणत भएका छन्।

सुझावित समाचार