बाराको पचरौताबाट १३९ किलो गाँजा बरामद

आइतबार, २१ भदौ, २०८३
डिजिटल संस्करण

बाराको पचरौता नगरपालिका–७ बाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले १३९ किलो लागुऔषध गाँजा बरामद गरेको छ।

शनिबार राति साढे १० बजेको समयमा प्रहरी चौकी श्रीनगर बैरिया र बिओपी बेनौलीको संयुक्त गस्ती टोलीले बेनौली चोकदेखि ३०० मिटरपूर्व धानखेतबाट गाँजा बरामद गरेको हो।

गस्ती टोली देखेपछि उनीहरू गाँजाका पोका फालेर फरार भएका थिए। बरामद गाँजा इलाका प्रहरी कार्यालय सिम्रौनगढ ल्याएर फरार भएकाहरूको खोजतलास गरिरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार