बाढीको ११ औँ दिनसम्म चारजनाको जीवितै उद्धार, खोजी जारी

शनिबार, २० भदौ, २०८३
डिजिटल संस्करण

भोटेकोशी बाढी आएको ११औँ दिनसम्म जलविद्युत् आयोजनाका सुरुङ र बाढीले क्षति पुर्याएका घरबाट चारजनाको जीवितै उद्धार गरिएको छ।

शुक्रबार त्रिशूली–३ ए आयोजनाको सुरुङबाट सञ्जय साह र कविर महर्जनको उद्धार भएको थियो। शनिबार अपर त्रिशूली–१ को सुरुङबाट एक चिनियाँ नागरिक तथा नुवाकोटको बेत्रावतीस्थित बाढीले क्षति पुर्याएको घरबाट चण्डिका श्रेष्ठलाई जीवितै उद्धार गरिएको हो।

श्रेष्ठलाई सशस्त्र प्रहरी निरीक्षक सुमन विकको कमान्डमा रहेको टोलीले उद्धार गरेको हो। सुरुङमा फसेकाहरूको खोजी तथा उद्धार कार्य जारी रहे पनि जटिल संरचना र जोखिमका कारण उद्धारकर्तालाई धेरै स्थानमा पुग्न कठिनाइ भइरहेको छ। बाढीले रसुवागढीदेखि धादिङको गल्छीसम्मका बस्तीमा ठुलो क्षति पुर्याएको छ। घरका भग्नावशेषबाट चण्डिका श्रेष्ठ जीवितै भेटिएपछि क्षतिग्रस्त अन्य घरमा पनि मानिस फसेको हुन सक्ने आशंका बढेको छ। सुरक्षा निकाय र प्राविधिक टोलीले खोजीलाई तीव्रता दिएका छन्।

सुझावित समाचार