तुलसीपुरमा करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु

शनिबार, २० भदौ, २०८३
डिजिटल संस्करण

दाङको तुलसीपुरमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–९, बेलुवा माछापोखरी टोलनिवासी २४ वर्षीय राजु घर्ती रहेका छन्।

शनिबार बिहान करिब पौने १ बजे घरबाट बिजुलीको तार प्रयोग गरी नजिकैको टिकरी सिँचाइ कुलोमा करेन्ट प्रवाह गरेर माछा मार्ने क्रममा घर्तीलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर लगिएको थियो।

अस्पतालमा उपचारका क्रममा घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार