आज कृष्ण जन्माष्टमी। ललितपुरको कृष्ण मन्दिरपरिसरमा कृष्ण जन्माष्टमीका अवसरमा भक्तजनहरूको चहलपहल देखिएको छ।
भगवान् कृष्णको पूजा, आराधना तथा दर्शनका लागि बिहानैदेखि भक्तजनहरू मन्दिरपरिसरमा पुगेका छन्। जन्माष्टमीको अवसरमा भक्तजनहरूले धार्मिक विधिअनुसार पूजा गर्दै कृष्णको जन्मोत्सव मनाइरहेका छन्।












