प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले अध्यागमन विभागका तत्कालीन कम्प्युटर अपरेटर राजीव महतोलाई पक्राउ गरेको छ।
नले लक्जम्बर्गका एक नागरिकको भिसा दस्तुर छुट गराउन अध्यागमनको नेपाल पोर्ट प्रणालीको दुरुपयोग गरी अनधिकृत रूपमा भिसा जारी गर्न सघाएका थिए। यस प्रकरणमा उनीविरुद्ध यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर भइसकेको छ। अख्तियारले लिखत किर्तेमा पनि अनुसन्धान गर्न पत्राचार गरेकालाई उनलाई टिकाथलीबाट पक्राउ गरी अनुसन्धान अघि बढाइएको सिआइबीका एसएसपी अनुपमशमशेर जबराले बताए।