विपत् राहत कोषमा ब्याट–३७ को तीन लाख सहयोग

बिहिबार, १८ भदौ, २०८३
डिजिटल संस्करण

रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि ब्याट–३७ ले करिब तीन लाख रुपैयाँ सहयोग गरेको छ।

राज्यको राहत अभियानलाई बल पुर्याउने उद्देश्यले ब्याट–३७ का अधिकृतहरूले प्रधानमन्त्री विपत् राहत कोषमा कुल दुई लाख ९८ हजार ३३३ रुपैयाँ आर्थिक सहयोग जुटाएका हुन्। 

ब्याट–३७ का अधिकृतहरूले सामूहिक रूपमा २ लाख ५५ हजार ५०९ रुपैयाँ कोषमा जम्मा गरेका छन् भने व्यक्तिगततर्फबाट थप ४२ हजार ८२४ रुपैयाँ सोझै सरकारी कोषमा पठाएका छन्।

सुझावित समाचार