बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार प्रगतिबारे ऊर्जा र पूर्वाधारमन्त्रीले लिए ब्रिफिङ

बिहिबार, १८ भदौ, २०८३
डिजिटल संस्करण

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित जलविद्युत् आयोजनाहरूमा भइरहेको खोज तथा उद्धारको प्रगतिबारे ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधार विकासमन्त्री सुनील लम्सालले जानकारी लिएका छन्। 

ऊर्जामन्त्री श्रेष्ठको कार्यकक्षमा नेपाली सेनाका उच्च अधिकारीले खोज तथा उद्धारको पछिल्लो प्रगति विवरण मन्त्रीद्वय श्रेष्ठ र लम्साललाई ब्रिफिङ गरेका हुन्। उनीहरूले बाढीबाट प्रभावित हरेक जलविद्युत् आयोजना र सुरुङमार्गमा चलिरहेको अपडेट लिएका छन्। उद्धार अभियानबारे जानकारी लिँदै मन्त्रीद्वय श्रेष्ठ र लम्सालले आगामी रणनीतिबारे छलफल गरेका छन् । 

ब्रिफिङमा प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंह पनि सहभागी छन् । 

सुझावित समाचार