प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले आज भेट गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढी र त्यसबाट प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, उपचार र राहत वितरणलगायत विषयमा छलफल भएको बताइएको छ।
भेटमा बाढीका कारण क्षतिग्रस्त भएका पूर्वाधारलाई पुनः सञ्चालनमा ल्याउने तथा प्रभावित क्षेत्रको पुनर्स्थापना कसरी प्रभावकारी रूपमा अघि बढाउने भन्ने विषयमा समेत कुराकानी भएको थियो।
यसअघि प्रधानमन्त्री शाहसँग उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पनि भेट गरेका थिए। उक्त भेटमा पनि बाढी तथा त्यसबाट सिर्जित परिस्थितिका विषयमा छलफल भएको बताइएको छ।