कैलालीको लम्कीचुहा नगरपालिका– ८, गप्कामा माइक्रोबसको ठक्करबाट १५ वर्षीया बालिकाको मृत्यु भएको छ।
बिहीबार बिहान बाटो काट्ने क्रममा माइक्रोबसले ठक्कर दिँदा स्थानीय स्वस्तिका न्यौपाने घाइते भएकी थिइन्। उनको उपचारका क्रममा बिहान ११ः०७ बजे टीकापुर अस्पतालमा मृत्यु भएको हो।
प्रहरीका अनुसार सु.प.प्र.०१–००१ ख ४०८५ नम्बरको माइक्रोबसले न्यौपानेलाई ठक्कर दिएको थियो। घटनापछि माइक्रोबसका चालक प्रताप चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।