नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला सात हजार ६ सय रुपैयाँले बढेको हो।
महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख चार हजार नाै सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ९७ हजार तीन सय रुपैयाँ रहेको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला १४५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला चार हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला चार हजार ५८० रुपैयाँमा कारोबार भएको थियो।