नबिलको ‘५.५५ नबिल डिबेन्चर २०९३’ नामक ऋणपत्र आउँदै

बिहिबार, १८ भदौ, २०८३
डिजिटल संस्करण

नबिल बैंकले ५.५५ नबिल डिबेन्चर २०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । मंगलबार भएको सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइँटेलले हस्ताक्षर गरेका छन् ।

बैंकले प्रतिऋणपत्र एक हजार अंकित मूल्य कायम गरी १० वर्ष अवधिको वार्षिक ५.५५ ब्याजदर रहेको ४० लाख कित्ता ऋणपत्रले हुन आउने रु. चार अर्बबराबरको ऋणपत्र जारी गर्न लागिएको हो । जसमध्ये २४ लाख कित्ता ऋणपत्रले हुन आउने कुल दुई अर्ब ४० करोड ऋणपुँजी रकम व्यक्तिगत तवरबाट बिक्री गरिनेछ । 

सुझावित समाचार