एसिसी प्रिमियर कप : नेपाललाई १०४ रनको लक्ष्य

बिहिबार, १८ भदौ, २०८३
डिजिटल संस्करण

नेपालले एसिसी प्रिमियर कपको दोस्रो खेलमा मलेसियाबाट १०४ रनको  सामान्य लक्ष्य पाएको छ।  बिहीबार मलेसियाको बांगीस्थित वाइएसडी युकेएम ओभलमा भएको खेलमा मलेसियाले टस जितेर ब्याटिङ गर्दै ३२.३ ओभरमा मात्र १०३ रन मात्रै जोड्यो  ।

नेपालका बलरहरू चम्किएको खेलमा करण केसीले चार र ललित राजवंशीले दुई विकेट लिए भने सन्दीप लामिछाने, हेमन्त धामी र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिएका थिए । मलेसियाका कप्तान सैयद अजिजले ३०, अकिल वाहिदले २४, वीरनदीप सिंहले १४, मोहम्मद स्याहदत रमिलले १३ रन जोडे ।

नेपाल लगातार दोस्रो जितको लक्ष्यमा छ। नेपालले पहिलो खेलमा बहराइनविरुद्ध सात विकेटको जित निकालेको थियो । मलेसिया पनि घरेलु मैदानको फाइदा उठाउँदै लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ । मलेसियाले पहिलो खेलमा साउदी अरेबियाविरुद्ध ९३ रनको सहज  निकालेको थियो ।

सुझावित समाचार