निजामती सेवा दिवसका कार्यक्रम रद्द, बजेट राहत कोषमा जम्मा गरिने

मंगलबार, १६ भदौ, २०८३
डिजिटल संस्करण

यो वर्ष निजामती सेवा दिवस नमनाउने निर्णय भएको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भोटेकोशी बाढीको कारण देखाउँदै दिवसका कार्यक्रम रद्द गर्ने निर्णय गरेको हो। 

मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ, ‘यस वर्ष मनाउन लागेको २३औँ निजामती सेवा दिवसका सम्पूर्ण निर्धारित कार्यक्रम रद्द गर्ने निर्णय गरेको छ। रसुवागढीस्थित नेपाल–चीन सीमाक्षेत्रमा आएको भीषण बाढीबाट उत्पन्न विपतका कारण मुलुक शोकको अवस्थामा रहेको तथा राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीहरू खोज, उद्धार तथा राहत कार्यमा खटिनुपर्ने अवस्थालाई ध्यानमा राख्दै कार्यक्रम रद्द गरिएको हो।

सरकारले भदौ २२ गते मनाउन लागिएको २३औँ निजामती सेवा दिवसका लागि विनियोजित बजेट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने व्यवस्था मिलाउन सम्बन्धित सबै निकायलाई अनुरोध गरेको छ।

सुझावित समाचार