संसद् बैठक अनिश्चित, क्यालेन्डरका काम प्रभावित

मंगलबार, १६ भदौ, २०८३
डिजिटल संस्करण

प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएपछि संसदीय क्यालेन्डरअनुसार तय भएका काम प्रभावित भएका छन्।

भदौ १० गते संघीय संसद् सचिवालयले सूचना जारी गर्दै अर्को बैठकको मिति नतोकी बैठक स्थगित गरेको थियो। बैठक बस्न नसक्दा सोमबार र मंगलबारका लागि तय भएका कार्यसूची अघि बढ्न सकेनन्।

सोमबार कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा शून्य समय र वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम थियो। मंगलबार सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौतामाथि सामान्य छलफल गर्ने कार्यसूची थियो।

तर, प्रतिनिधिसभाको बैठक कहिले बस्ने भन्ने टुंगो नलाग्दा यी सबै प्रक्रिया अन्योलमा परेका छन्।

सुझावित समाचार