घरको सिँढीबाट खसेर तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का घाइते भएका छन्। मंगलबार बिहान नगरप्रमुख खड्का भान्सा घरको सिँढीबाट लडेर घाइते भएको उपमहानगरपालिकाका सूचना अधिकारी यज्ञ केसीले बताए।
उनका अनुसार नगरप्रमुख खड्काको दायाँ खुट्टा भाँचिएको छ। उक्त खुट्टाकाे अप्रेसनको तयारी भइरहेको छ। हाल उनको तुलसीपुरस्थित सिटी हस्पिटलमा उपचार भइरहेको छ ।