जलेश्वर कारागारमा विभिन्न मुद्दामा पुर्पक्ष तथा कैद जीवन बिताइरहेका कैदीबन्दीले रसुवा र नुवाकोटलगायतका जिल्लामा बाढीबाट प्रभावितहरुको लागि एक लाख एक हजार १०५ रुपैयाँ संकलन गरी प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेका छन्।
जलेश्वर कारागार प्रमुख जेलर अशोक क्षेत्रीले विपतको वेला कैदीबन्दीले मानवीयता देखाएको बताए। उनले विपतको वेला कैदीबन्दीबाट गरिएको यो सकारात्मक कार्य प्रशंसनीय रहेको बताए।
यता राहत तथा उद्धार कार्यकै लागि भंगहा नगरपालिकाले १५ लाख, बर्दिवास नगरपालिकाले १२ लाख ५१ हजार र गौशाला नगरपालिकाले १० लाख रुपैयाँ दिने निर्णय गरेका महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।