प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ।
भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा सरकारले गरिरहेको खोज, उद्धार, राहत वितरण तथा नागरिक व्यवस्थापनका प्रयासबारे छलफल भएको थियो।
भेटका क्रममा बाढी प्रभावित नागरिकको उद्धार तथा राहतका साथै क्षति पुगेका भौतिक संरचनाको पुनर्स्थापनाका विषयमा समेत छलफल भएको थियो।
प्रधानमन्त्री शाहले विपत् प्रभावित क्षेत्रमा नागरिकको जिउधनको रक्षा, राहत सामग्रीको सहज पहुँच तथा पुनर्स्थापनाका लागि सरकारी संयन्त्रहरू पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी गराएका थिए।
उनले प्रभावित नागरिकलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउँदै क्षतिग्रस्त संरचनाको पुनर्स्थापनालाई प्राथमिकताका साथ अघि बढाइने बताएका थिए।