बाढी प्रभावितलाई एनआइएमबीको चार करोड

सोमबार, १५ भदौ, २०८३
डिजिटल संस्करण

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले रसुवाको भोटेकोशी बाढी प्रभावितको खोजी, उद्धार, राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा चार करोड एक लाख रकम जम्मा गरेको छ ।

 प्राकृतिक विपत्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायतका जिल्लामा मानवीय तथा भौतिक क्षति तथा नागरिकको दैनिक जीवन प्रभावित भइरहेको भन्दै बैंकले सहयोगका लागि कोषमा रकम सहयोग गरेको जनाइएको छ । 

साथै, विपत्को यस कठिन घडीमा प्रभावित नागरिकको साथमा रहँदै खोजी, उद्धार, राहत तथा पुनस्र्थापनाका कार्यमा सरकार तथा सम्बन्धित निकायलाई सहयोग पुर्याउने पनि बैंकले ऐक्यबद्धता जनाएको छ । ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली, घाइतेको स्वास्थ्यलाभको कामना र सम्पर्कविहीनको सकुशल उद्धारको पनि कामना गरेको छ । 

सुझावित समाचार