नाइमामार्फत ५० लाख जम्मा

सोमबार, १५ भदौ, २०८३
डिजिटल संस्करण

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले रसुवा बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनामा सघाउन प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५० लाख सहयोग गर्ने निर्णय गरेको छ । 

नाइमाले १० भदौको भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, विपत्तिको समयमा सदस्य संस्थाले गरेको सहयोगको पनि नाइमाले प्रशंसा गरेको छ ।

नाइमाले आफ्नो स्थापनाकालदेखि नै विपत् तथा आपत्कालीन अवस्थामा सरकार तथा प्रभावित समुदायलाई सहयोग गर्दै आएको अध्यक्ष ऋतु सिंह वैद्यले बताइन् । ‘कठिन समयमा सरकार र प्रभावित नागरिकलाई सहयोग गर्नु निजी क्षेत्रको पनि साझा दायित्व हो,’ उनले भनिन्, ‘सरकार, निजी क्षेत्र र समुदायबिचको सहकार्यले नै राहत तथा पुनस्र्थापनालाई प्रभावकारी बनाउन सक्छ ।’

नाइमाले अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका सम्पूर्ण सरोकारवालालाई आफ्नो क्षमता र उपलब्ध स्रोतअनुसार प्रभावित नागरिकको सहयोगमा हातेमालो गर्नसमेत आग्रह गरेको छ ।

See More On

सुझावित समाचार