हिमालयन लाइफका कर्मचारीद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग

आइतबार, १४ भदौ, २०८३
डिजिटल संस्करण

हिमालयन लाइफ इन्स्योरेन्समा कार्यरत कर्मचारीहरूले रसुवा, नुवाकोटलगायतका जिल्लामा आएको बाढी प्रभावित नागरिकका लागि करिब आठ लाख रुपैयाँबराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेका छन्।

विपतबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले कर्मचारीहरूबाट स्वैच्छिक रूपमा संकलन गरिएको खाद्यान्न तथा लत्ताकपडा नुवाकोटमा रहेको नेपाली सेनालाई हस्तान्तरण गरिएको हो। उक्त राहत सामग्री नेपाली सेनामार्फत रसुवाका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा पुर्याइनेछ।

बाढी तथा पहिरोका कारण प्रभावित नागरिकको दैनिकी कष्टकर बनेको अवस्थामा उनीहरूलाई तत्काल सहयोग पुर्याउने उद्देश्यले कर्मचारीहरूले आफ्नै पहलमा राहत सामग्री संकलन गरेका हिमालयन लाइफले जनाएको छ। विपतका समयमा पीडित परिवारको साथमा उभिने मानवीय भावना र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै कर्मचारीहरूले उक्त सहयोग गरेका हुन्।

सुझावित समाचार