नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा बाढीपीडितका लागि चार करोड एक लाख सहयोग

आइतबार, १४ भदौ, २०८३
डिजिटल संस्करण

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा चार करोड एक लाख आर्थिक सहयोग गरेको छ ।

प्राकृतिक विपतका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायतका जिल्लाहरूमा मानवीय तथा भौतिक क्षति तथा नागरिकको दैनिक जीवन प्रभावित भइरहेको वर्तमान अवस्थामा राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले बैंकले सो कोषमा रकम सहयोग गरेको हो ।

विपतकाे यस कठिन घडीमा प्रभावित नागरिकको साथमा रहँदै खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा सरकार तथा सम्बन्धित निकायलाई सहयोग पुर्याउने यस मानवीय कार्यमा बैंकले ऐक्यबद्धता जनाएको छ ।

बैंकले बाढीमा परी ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । साथै, यस घटनामा परी हालसम्म पनि सम्पर्कमा नआएका व्यक्तिहरूको सकुशल उद्धार एवं घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
 

सुझावित समाचार