सरकारले केदारनाथ शर्मालाई गृहसचिवको जिम्मेवारी दिएको छ। हाल अवकाश हुन लागेका गृहसचिव राजकुमार श्रेष्ठले सोमबारदेखि अनिवार्य अवकाश पाउने भएपछि उनको जिम्मेवारीमा शर्मालाई खटाइएको हो । शर्मा रक्षासचिवको रूपमा कार्यरत थिए।
त्यस्तै, रक्षासचिवमा इन्दु घिमिरेलाई जिम्मेवारी दिइएको छ । मन्त्रिपरिषद्को बैठकले उनको बढुवा गर्दै रक्षा मन्त्रालयमा पदस्थापन गरेको हो ।