बाढीपीडितलाई हिमालयन बुलियनको एक करोड एक लाख सहयोग

शुक्रबार, १२ भदौ, २०८३
डिजिटल संस्करण

बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा खोज, उद्धार तथा राहतका लागि हिमालयन बुलियन कम्पनी लिमिटेडले एक करोड एक लाख रुपैयाँको सहयोग गरेको छ। बिहीबार २१ लाख सहयोग गरेको कम्पनीले शुक्रबार थप ८० लाख सहयोग गरेको हो।

कम्पनीका प्रतिनिधिहरू राकेशकुमार अडुकिया, रोहन अडुकिया, भीष्मप्रसाद गौतम, जीवन घिमिरे र राजेन्द्र न्यौपानेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।

सुझावित समाचार