सरकारले गोसाईंकुण्ड दर्शन तथा भ्रमण गरी फर्किने सम्पूर्ण तीर्थयात्री तथा पर्यटकलाई धुन्चेतर्फ जाने नियमित अर्थात् पुरानो मार्ग प्रयोग नगर्न आग्रह गरेको छ ।
सम्बन्धित निकायले अर्को सूचना जारी नभएसम्मका लागि उक्त मार्ग प्रयोग नगर्न अनुरोध गर्दै सुरक्षित यात्राका लागि तोकिएको वैकल्पिक मार्ग मात्र प्रयोग गर्न सूचित गरेको हो।
तीर्थयात्री तथा पर्यटकको यात्रालाई सुरक्षित र व्यवस्थित बनाउन यस्तो अनुरोध गरिएको जनाइएको छ। सम्बन्धित सबैलाई सूचनाको पालना गर्दै वैकल्पिक मार्गबाट मात्रै यात्रा गर्न आग्रह गरिएको छ।