बाढीका कारण सम्पर्कविहीन पर्यटक संख्या ६४४ पुग्यो, सबैभन्दा धेरै भारतीय पर्यटक

बिहिबार, ११ भदौ, २०८३
डिजिटल संस्करण

भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुगेको छ। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विभिन्न देशका पर्यटक तथा नेपाली नागरिक सम्पर्कविहीन भएका हुन्।

बोर्डका अनुसार सबैभन्दा धेरै भारतीय पर्यटक १७८ जना सम्पर्कविहीन छन्। त्यस्तै, १२७ नेपाली, ६५ अमेरिकी र ५३ युक्रेनी पर्यटक सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

यसैगरी, मलेसियाका ५१, अस्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ पर्यटक सम्पर्कविहीन छन्। सिंगापुरका नाै, रुसका आठ तथा जर्मनीका आठ पर्यटक पनि सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ।

लात्भिया र दक्षिण अफ्रिकाका ६–६ जना पर्यटक सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

नेपाल पर्यटन बोर्डले ट्राभल एजेन्सी तथा सम्बन्धित कम्पनीहरूबाट विवरण संकलन गरी तथ्यांक सार्वजनिक गरेको जनाएको छ।

सुझावित समाचार