८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सयभन्दा धेरै सम्पर्कविहीन

१९ मोटरेवल पुल र ४० किलोमिटर सडक क्षतिग्रस्त

बुधबार, १० भदौ, २०८३
डिजिटल संस्करण

रसुवाको भोटेकोशीमा आएको बाढीमा ८५  जना सुरक्षाकर्मी अझै सम्पर्कविहीन छन्। प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ४४ सेना, २८ प्रहरी र १३ जना सशस्त्र प्रहरी सम्पर्कविहीन छन्। 

त्यस्तै, तीन सय ८४ पर्यटक, लाङटाङ जलविद्युत् आयोजनाका ४० कर्मचारी तथा अध्यागमन र भन्सारका १० कर्मचारी सम्पर्कमा छैनन्। स्थानीयबाहेक नै सम्पर्कविहीनको संख्या पाँच सय नाघिसकेको छ। विद्युत् प्राधिकरणले एक सय ९६ जलविद्युत् क्षेत्रका कामदार बेपत्ता भएको जानकारी दिएको छ। स्थानीयबाहेक नै ६ सयजना भन्दा धेरै सम्पर्कविहीन भएको सूचना सुरक्षा निकायमा पुगिसकेको छ। अझ धेरैको विवरण प्राप्त हुन सकेको छैन। हालसम्म ९५ जनाको शव फेला परेको प्रहरीको विवरण छ। 

बाढीले १९ वटा मोटरेबल र ४० किलोमिटर पक्की सडक पनि क्षतिग्रस्त भएको छ । 

सुझावित समाचार