भोटेकोशी नदीमा बाढीको बहाब उच्च : तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

बुधबार, १० भदौ, २०८३
डिजिटल संस्करण

भोटेकोशी नदीमा बाढीको बहाब उच्च भएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार भोटेकोशी नदीमा  अहिले बाढीको बहाब उच्च भएको छ ।

पानीको बहाब उच्च रहेकाले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भई बग्ने नदीतटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाई सुरक्षित स्थानमा बस्न राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।

यसैगरी जिल्ला प्रशासन कार्यालय धादिङले पनि त्रिशूली नदीमा पानीको बहाब बढ्न सक्ने र विपतको जोखिम हुन सक्ने सम्भावना रहेकाले त्रिशूली नदीमा माछा मार्ने तथा अन्य काम गर्ने व्यक्तिहरूलाई नदीमा नजान र गएको भए तत्काल सुरक्षित स्थानमा फर्कन अनुरोध गरेको छ । 

यसैगरी भोटेकोशी नदी रसुवामा तिब्बततर्फबाट ठुलो बाढी प्रवेश गरेकाले अर्को सूचना नआउँदासम्म त्रिशूली नदीको तटीय क्षेत्र (मुग्लिनसम्म) उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । 

रसुवाको भोटेकोशी नदीमा आइरहेको बाढीको सम्बन्धमा गृहमन्त्री सुधन गुरुङको विशेष उपस्थितिमा मनसुन प्रतिकार्य कमान्ड पोस्टको आकस्मिक बैठक बसिरहेको  छ। 

सुझावित समाचार