ड्युटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

मंगलबार, ९ भदौ, २०८३
डिजिटल संस्करण

ड्युटीमा खटिएको प्रहरी कर्मचारीलाई गालीगलौज तथा हातपात गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंले जुम्लाको तातोपानी गाउँपालिका– २ घर भई काठमाडौं महानगरपालिका– ३१ बस्ने २७ वर्षीय राज कठायतलाई नियन्त्रणमा लिएको हो।

मंगलबार बिहान साढे ९ बजेतिर बानेश्वरबाट थापागाउँ जाने सडक खण्डमा आकाशे पुलमुनिबाट बाटो काट्न लागेका कठायतलाई आकाशे पुलबाट बाटो काट्न सम्झाइबुझाई गर्दा उल्टै प्रहरी कर्मचारीमाथि हातपात गरेको प्रहरीले जनाएको छ।

कठायतलाई नियन्त्रणमा लिई राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुने र अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप अनुमति लिइ प्रहरी वृत्त नयाँ बानेश्वरले थप अनुसन्धान अघि बढाएको छ।

सुझावित समाचार