स्रोत नखुलेको ३१ लाख नगदसहित काठमाडौंबाट एक चिनियाँ नागरिक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोले काठमाडाैं महानगरपालिका– १५, चौमतीबाट ५२ वर्षीय मा यागुबीलाई सोमबार पक्राउ गरेको हो।
चिनियाँ नागरिकले घर भाडामा लिएर लागुऔषध कारोबार गर्दै आएको भन्ने सूचनापछि खटिएको ब्युरोको टोलीले ३१ लाख नगद बरामद गरेको हो।
उनको कोठाबाट सुन काट्न प्रयोग गरिने कैँची एक थान, ह्याम्मर एक थान, डिजिटल तराजु एक थान, मोबाइल चार थान, विभिन्न बैंकका चेकबुक तीन थान बरामद भएको प्रहरीले जनाएको छ।