बसको ठक्करबाट महिलाको मृत्यु भएपछि अत्तरियामा तनाव

मंगलबार, ९ भदौ, २०८३
डिजिटल संस्करण

बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि कैलालीको अत्तरियामा तनाव उत्पन्न भएको छ । शव बुझ्न अस्वीकार गरेका मृतकका आफन्तले अत्तरियामा प्रदर्शन गरेका छन् । बसचालकलाई कारबाही हुनुपर्ने र क्षतिपूर्ति पाउनुपर्ने उनीहरूको माग छ ।

बझाङको मष्टा गाउँपालिका– ६, घर भई हाल गोदावरी नगरपालिका– १ मा बस्दै आएकी ५५ वर्षीया सिन्की बोहराको गत आइतबार मृत्यु भएको थियो । कञ्चनपुरको महेन्द्रनगरबाट दार्चुला जाँदै गरेको महाकाली यातायातको सुप प्र ०२–००१ ख ९५६ नम्बरको बसले बोहरालाई अत्तरियामा ठक्कर दिएको हो । 

अत्तरिया बसपार्कमा पानी र भुजा बिक्री गर्दै आएकी उनको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको थियो । शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ । आफन्तले क्षतिपूर्तिसँगै चालकलाई कारबाही हुनुपर्ने माग गरेका छन् । मृतकका आफन्तले आज अत्तरियामा प्रदर्शन गरेका थिए । पीडित पक्ष, यातायात व्यवसायी र सुरक्षा निकायबिच इलाका प्रहरी कार्यालय मालाखेतीमा अहिले छलफल भइरहेको छ ।
 

सुझावित समाचार