चार मन्त्रालयमा थपिए २२९ दरबन्दी, सबैभन्दा धेरै गृहमा

मंगलबार, ९ भदौ, २०८३
डिजिटल संस्करण

चार मन्त्रालयमा दुई सय २९ दरबन्दी थपिएका छन् । स्वीकृत ओएन्डएमअनुसार चार मन्त्रालयअन्तर्गत २२९ दरबन्दी थप भएका हुन्। त्यसमा सबैभन्दा धेरै गृहमा ९३, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा ९० र पूर्वाधार विकास मन्त्रालय र महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा २३–२३ दरबन्दी थप भएका छन् ।

केही मन्त्रालयमा दरबन्दी कटौती हुँदा पनि थप हुने पद बढी हुँदा समग्र आकार बढेको देखिएका छन् । उदाहरणका लागि गृहमा दरबन्दी कटौती भए पनि कटौतीको तुलनामा थप संख्या ठुलो हुँदा समग्र दरबन्दी आकार बढेको देखिन्छ । गृहमा १० जना सहसचिवको दरबन्दी कटौती भएका छन् । तर, त्यसको तुलनामा तल्ला श्रेणीमा दरबन्दी थपिँदा कुल दरबन्दी बढेको देखिएको हो ।

विज्ञान, प्रविधि मन्त्रालय नयाँ गठन भएकाले त्यहाँ ठुलो संख्यामा दरबन्दी थप कायम गरिएको छ । पूर्वाधार विकास र महिला बालबालिकाको भूमिका विस्तार भएकाले केही दरबन्दी बढाइएको छ । प्रधानमन्त्री कार्यालयको पनि समग्र दरबन्दी थप भएको छ ।

सुझावित समाचार