स्याङ्जामा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु, १६ जना घाइते

सोमबार, ८ भदौ, २०८३
डिजिटल संस्करण

स्याङ्जामा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। गल्याङ नगरपालिका–८, करादीस्थित भित्री सडक खण्डमा गल्याङदेखि साङलियातर्फ जाँदै गरेको ग.१ ज. ६५३४ नम्बरको बलेरो जिप दुर्घटना भएको हो।

उकालो घुम्तीमा अनियन्त्रित भएको जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए। मृत्यु हुनेहरूमा गल्याङ– ९ का यामबहादुर विक र गल्याङ– ८ की सदीक्षा थापा रहेकी छिन्।

दुर्घटनापछि घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाएको प्रहरीले जनाएको छ।
 

सुझावित समाचार