सुनको मूल्य बढ्यो, चाँदीमा सामान्य गिरावट

सोमबार, ८ भदौ, २०८३
डिजिटल संस्करण

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला तीन हजार दुई सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख २२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला तीन लाख १९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। आजको वृद्धिसँगै सुनको मूल्य हालसम्मकै उच्चस्तरनजिक पुगेको छ।

यता, चाँदीको मूल्य भने सामान्य घटेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर चार हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

आइतबार चाँदी प्रतितोला चार हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो।

सुझावित समाचार