किस्तीमा आएको प्रधानमन्त्रीको अफर हाँसीहाँसी अस्वीकार गरेँ : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले किस्तीमा आएको प्रधानमन्त्रीको प्रस्ताव आफूले हाँसीहाँसी अस्वीकार गरेको बताएका छन्। लामिछानेले २१ सिटको दलको नेताको रूपमा प्रधानमन्त्री बन्न आफ्नो मात्र हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको बताएका हुन्।
आइतबार पार्टीका केन्द्रीय सदस्यको प्रशिक्षण कार्यक्रममा सभापति लामिछानले भने, ‘म यहाँ गर्वका साथ भन्न सक्छु– किस्तीमा आएको प्रधानमन्त्री पदलाई हाँसीहाँसी नमस्कार गरेको हो। मैले यसलाई गर्वको विषय बनाउन खोजेको होइन, इतिहासको पानामा दर्ज मात्र गराउन खोजेको हो।’
बागमतीमा विश्वासको मतअघि नेकपामा किचलो, संसदीय दलको बैठकमा आधा सांसद अनुपस्थित
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरिरहँदा सत्तागठबन्धनभित्रै असन्तुष्टि देखिएको छ । सरकार गठनको चार दिनमै सत्तासाझेदार नेकपाभित्र मन्त्री छनोट र शक्ति बाँडफाँटलाई लिएर असन्तुष्टि सार्वजनिक भएको छ भने राप्रपाभित्रको आन्तरिक विवाद पनि समाधान भएको छैन ।
सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री थापाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मत लिने कार्यसूची छ।
कार्यकर्तालाई रविको निर्देशन– विगतको हिसाब खोज्ने ठाउँमा छैनाैँ, आगामी ३५ वर्षको योजना ल्याउनुस्
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका नेता–कार्यकर्तालाई बितेको ३५ वर्षको हिसाब माग्न छोडेर आगामी ३५ वर्षको योजना ल्याउन आग्रह गरेका छन्। आइतबार पार्टीका केन्द्रीय सदस्यहरूलाई प्रशिक्षण दिँदै सभापति लामिछानेले रास्वपा अब दोष देखाएर पन्छिन मिल्ने ठाउँमा नभएको स्पष्ट पारे।
उनले भने, ‘हिजो हामीले दोष लगाउने कैयौँ मानिस थिए। जसलाई दोष लगाउँदा पनि हुन्थ्यो। दोषैदोषको चाङमा उभिएर आफूलाई अग्लो देखाउन हामी सक्थ्यौँ। आज कसलाई दोष देखाउने ?’
सरकारसँग सहमतिपछि गरिमाको अन्त्येष्टि
बारामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको आइतबार अन्त्येष्टि गरिएको छ। हत्याको विरोधमा चार दिनदेखि जारी सडक–संघर्ष सरकार र पीडित परिवारबिच शनिबार मध्यरातमा सहमति भएपछि परिवारले आइतबार बालिकाको शव बुझेका थिए।
गरिमाको शव गत मंगलबारदेखि बारा सदरमुकाम कलैयास्थित प्रादेशिक अस्पतालको शवगृहमा राखिएको थियो। घटनाको सत्यतथ्य छानबिन, दोषीलाई कडा कारबाही र न्यायको माग गर्दै परिवार तथा स्थानीयले बुधबारदेखि वीरगन्ज–पथलैया सडकखण्डमा आन्दोलन गर्दै आएका थिए। आन्दोलनका कारण उक्त सडकखण्डमा पटक–पटक यातायात प्रभावित भएको थियो।
अलपत्र भ्युटावर, सम्पर्कमै छैन ठेकेदार कम्पनी (फोटोफिचर)
काठमाडौं भ्युटावरको नक्सा प्रक्रियासम्बन्धी विवादपछि रोकिएको निर्माण कार्य अलपत्र अवस्थामा छ। ०७१ देखि निर्माण सुरु गरिएको भ्युटावरको निर्माण प्रक्रिया त्रुटिपूर्ण र मापदण्डअनुसार नभएको भन्दै महानगरपालिका र निर्माण कम्पनीबिच विवाद भएको थियो।
भवनको नक्सापास नगरी तला थपेको र मापदण्ड पालना नगरेको भन्दै महानगरपालिकाले निर्माण कार्य रोकेको थियो। महानगरपालिका सार्वजनिक–निजी साझेदारी इकाइका प्रमुख नरेन्द्रविलास बज्राचार्यले हाल ठेकेदार कम्पनी सम्पर्कविहीन रहेको बताए।
विद्युत् अनियमितताले खानेपानीको समस्या, जेनेरेटर चलाएर खानेपानी आपूर्ति
सिराहाको गोलबजार नगरपालिका–१०, पुरानो चोहर्वास्थित दसैँ महाजन टोलका बासिन्दा घण्टौँसम्म विद्युत् अनियमित हुँदा खानेपानीको समस्यामा परेका छन्।
स्थानीय बासिन्दाले आइतबार बिहान सबेरैदेखि विद्युत् सेवा अवरुद्ध भएपछि खानेपानी तान्न नपाउँदा स्थानीय कमलेश रायको जेनेरेटरबाट पाइपमार्फत तानेको पानीमा भर पर्नुपरेको गुनासो गरेका छन्। रायले आफ्नै खर्चमा डिजेल हालेर जेनेरेटर चलाएपछि करिब दुई दर्जन घरधुरीका बासिन्दा बाल्टिन, भाँडा र ग्यालेनमा पानी भर्न भिड लागेका थिए।
हेटौँडा कपडा उद्योग : पुराना मेसिनलाई अटोमेटिक बनाइँदै, उत्पादन क्षमता तीन गुणासम्म बढ्ने दाबी
द्योग पुनः सञ्चालनमा संलग्न टेक्सटाइल प्राविधिक राजप्रसाद अमात्यका अनुसार उद्योगका पुराना सटल लुमलाई आधुनिक अटोमेटिक प्रणालीमा रूपान्तरण गरिएको छ । ‘अहिले १० वटा मेसिनमध्ये तीनवटा पूर्ण अटोमेटिक बनाएका छौँ । बाँकीलाई पनि क्रमशः अटोमेटिक बनाउँदै छौँ,’ उनले भने । उनका अनुसार अटोमेटिक प्रणालीले उत्पादन क्षमता उल्लेखनीय रूपमा बढाउँछ । उनले अटोमेटिक मेसिनले जनशक्ति कम प्रयोग गरी उत्पादन बढी हुने बताए । ‘पहिले एउटा मेसिन चलाउन धेरै जनशक्ति चाहिन्थ्यो ।
अहिले अटोमेटिक भएपछि जनशक्ति कम लाग्छ र उत्पादन धेरै हुन्छ । सटल लुमले आठ घण्टामा २०–२५ मिटर कपडा निकाल्न सक्छ भने अटोमेटिक मेसिनले ६५ देखि ७० मिटरसम्म कपडा उत्पादन गर्न सक्छ,’ उनले भने ।
अमात्यका अनुसार उद्योगका मेसिन एक शताब्दी पुराना भएकाले तिनका पार्टपुर्जा पाउन कठिन छ । चीनले समेत यस्ता मेसिन उत्पादन गर्न छाडिसकेको अवस्थामा आवश्यक सामग्री ल्याएर पुराना मेसिनलाई नयाँ प्रविधिसहित पुनर्जीवित गर्न सकिने उनले बताए ।
पाकिस्तानको इस्लामाबादमा भएको दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी)को बैठकले १४औँ दक्षिण एसियाली खेलकुद (साग) ०८३ चैत २० देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ।
बैठकले पाकिस्तानमा हुने १४औँ सागमा विभिन्न २८ खेल समावेश गर्ने निर्णय गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को तर्फबाट बैठकमा सहभागी राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले जानकारी दिइन्।
शंखमूल हत्या प्रकरण : होस्टेल सञ्चालक पनि पक्राउ
काठमाडौंको शंखमूलस्थित होस्टेलमा शुक्रबार भएको हत्याको घटनामा होस्टेलका सञ्चालक पनि पक्राउ परेका छन्। प्रहरीले होस्टेल सञ्चालक आलोक ठाकुरलाई पक्राउ गरी ज्यान मुद्दामा म्याद थप गरेको छ ।
यसअघि सो घटनामा दुईजना पक्राउ परेका थिए। शंखमूलस्थित भ्याली ब्वाइज होस्टेलमा बस्दै आएका दाङको घोराही उपमहानगरपालिका– १७ का २२ वर्षीय वसन्त कालाथोकीको शुक्रबार बिहान हत्या भएको हो । हत्यामा संलग्न भएको आरोपमा उपमहानगरपालिका– ३ का १८ वर्षीय शेखर यादव, प्रमित पटेललाई शुक्रबार नै प्रहरीले पक्राउ गरेको थियो। तीनैजनालाई आइतबार अदालतमा उपस्थित गराई पाँच दिन थुनामा राख्न म्याद लिइएको काठमाडौं परिसरका एसपी दानबहादुर थापाले बताए।
बलात्कार मुद्दामा फरार युवकलाई ओमनमा पक्राउ गरी नेपाल ल्याइयो
जबर्जस्ती करणी तथा विद्युतीय कारोबार ऐनसम्बन्धी कसुरमा फरार रहेका झापाका एक प्रतिवादीलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको रेड नोटिसका आधारमा ओमनबाट पक्राउ गरी नेपाल ल्याइएको छ। पक्राउ पर्नेमा जिल्ला झापाको बिर्तामोड नगरपालिका– ३ स्थायी घर भएका विमल राजवंशी रहेका छन्।
उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास तथा पक्राउ गर्न नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागअन्तर्गतको इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयले सन् २०२६ मे १३ मा रेड नोटिस जारी गरेको थियो।