थाइल्यान्डबाट नेपालमा लागुऔषध तस्कर गर्ने म्यानमारका दुई नागरिक पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरोको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचर शाखाबाट खटिएको प्रहरी टोलीले सुटकेसभित्र लुकाएर ल्याएको ८.२३८ केजी गाँजासहित दुईजनालाई पक्राउ गरेको हो।
नेपाल एयरलाइन्समार्फत थाइल्यान्डको सुवर्णभुनीबाट नेपाल आएका २७ वर्षीय आय थिडा आउङ र २९ वर्षीय ने थु रेनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।