हतियारसहित एक व्यक्ति पक्राउ

शनिबार, ६ भदौ, २०८३
डिजिटल संस्करण

इलाका प्रहरी कार्यालय दमकले हतियारसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ उर्लाबारी ६ घर भई दमकस्थित एक ग्यारेजमा काम गर्ने सुमन कर्ण रहेको प्रहरीले जनाएको छ ।

उनलाई वआफू काम गर्ने ग्यारेजमा लुगामा पोको पारेर राखेको सटगनसहित प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा उनलाई शनिबार इलाका प्रहरी कार्यालय दमकको टोलीले पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।

हतियार कहाँबाट आयो भन्ने सन्दर्भमा अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

सुझावित समाचार