पहिलोपटक कर्णालीमा व्यवसायिक याक चिज उत्पादन हुँदै , जगदुल्ला गाउँपालिका र डिडिसीबिच सम्झौता

शनिबार, ६ भदौ, २०८३
डिजिटल संस्करण

डोल्पाको जगदुल्ला गाउँपालिका–४ मा रहेको भालु व्यावसायिक चौरी फर्म चिज उद्योग सञ्चालनका लागि जगदुल्ला गाउँपालिका र दुग्ध विकास संस्थान (डिडिसी) बीच सम्झौता भएको छ । सम्झौताअनुसार डिडिसीले उद्योग सञ्चालनका लागि याक (नाक) चिज उत्पादनसम्बन्धी तालिमसहित आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनेछ ।

 प्राविधिक सहयोग पाएपछि नियमित रूपमा चिज उत्पादन गर्ने जिम्मेवारी भने जगदुल्ला गाउँपालिकाको हुने र गाउँपालिकाले उत्पादन गरेको चिज डिडिसीले खरिद गर्ने सम्झौतामा उल्लेख छ । दुग्ध विकास संस्थान (डिडिसी)का महाप्रबन्धक डा. शरण कुमार पाण्डे र जगदुल्ला गाउँपालिका डोल्पाका अध्यक्ष नारासिं रोकायाले शनिबार चिज उत्पादन सम्बन्धि पत्रमा हस्ताक्षर गरेका थिए  ।

यो सम्झौतासँगै पहिलोपटक कर्णाली प्रदेशबाट व्यवसायीक याक चिज उत्पादन हुने सुनिश्चित भएको छ । ‘हामी तत्कालनै काठमाडौं बाट प्राविधिकहरु पठाएर काम सुरु गछौं,’ डा पाण्डेले भने,‘ हामीले हरेक वर्ष यहाँबाट ३० टन यक चिज उत्पादन गर्न सक्छौं ।’ यो चीज उत्पादन उद्योग समुद्री सतहबाट करिब चार हजार बढि मिटरको उचाइमा रहेको छ ।  डोल्पा देशकै धेरै चौरी पालन हुने जिल्लामध्ये एक हो । यार्सागुम्बालगायतका हिमाली वनस्पति चरन गर्ने भएकाले यहाँको चिजको छुट्टै विशेषता रहनेस्थानीयको भनाइ छ।  
  

सुझावित समाचार