‘राइट टु रिकल’सम्बन्धी दस्ताबेज तयार गर्न रास्वपाले बनायो समिति

शुक्रबार, ५ भदौ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’सम्बन्धी दस्ताबेज तयार गर्न समिति गठन गर्ने भएको छ। शुक्रबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो।

रास्वपाले निर्वाचनअघिदेखि नै ‘राइट टु रिजेक्ट’ (कसैलाई भोट दिन्नँ भनी मत दिने अधिकार) र ‘राइट टु रिकल’ (निर्वाचित जनप्रतिनिधिलाई फिर्ता बोलाउने अधिकार)को व्यवस्था अनिवार्य लागू गर्ने प्रतिबद्धता जनाउँदै आएको थियो।

साेही प्रतिबद्धताअनुसार रास्वपाले ‘राइट टु रिकल’सम्बन्धी दस्ताबेज बनाउन समिति बनाउने निर्णय गरेकाे हाे।

सुझावित समाचार