राष्ट्रिय स्वतन्त्र पार्टीले नाैजना केन्द्रीय सदस्य मनोनीत गरेको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्य मनोनीत गरेको हो।
पूर्वाधारमन्त्री सुनील लम्साल, भूमिमन्त्री प्रतिभा रावल, गृहमन्त्री सुधन गुरुङ, निवर्तमान महामन्त्री भूपदेव शाह, पुरुषोत्तम यादव, मनोहर प्रधान, भक्तबहादुर राई, सुरेन्द्र चौधरी, बसुमाया तामाङ मनोनीत भएका हुन्।