नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त भएका छन् । उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
डा. जोशीले सन् २००० मा युक्रेनको ओडेसा स्टेट मेडिकल युनिभर्सिटीबाट एमबिबिएस तथा सन् २००९ मा नेसनल एकेडेमी अफ मेडिकल साइन्सेस (न्याम्स) बाट अर्थोपेडिक्स तथा ट्रमा विषयमा एमएस गरेका छन् ।
उनले भारतको इन्द्रप्रस्थ अपोलो अस्पतालबाट आर्थाेप्लास्टी तथा आर्थाेस्कोपीमा फेलोसिपसमेत गरेका छन् ।
उनले सन् २०२४ देखि २०२६ सम्म नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को कार्यकारी सदस्यसचिवका रूपमा जिम्मेवारी सम्हालेका थिए ।