मुक्तिनाथ विकासको चाडपर्व अफर, कृषि तथा एसएमई कर्जामा छुट

शुक्रबार, ५ भदौ, २०८३
डिजिटल संस्करण

मुक्तिनाथ विकास बैंक लिमिटेडले चाडवर्डलक्षित अफर ल्याएको छ । बैंकले आउँदै गरेका तिज, दसैँ, तिहार तथा छठपर्वलाई लक्षित गर्दै कृषि तथा साना तथा मझौला उद्यम (एसएमई) कर्जामा विशेष सुविधा सार्वजनिक गरेको हो ।

बैंकले कृषि, व्यवसाय तथा एसएमई क्षेत्रमा प्रवाह हुने विभिन्न कर्जामा आधार दरमा न्यूनतम ०.५० प्रतिशतसम्म प्रिमियम थप गरी कर्जा उपलब्ध गराउने जनाएको छ । साथै, कर्जा प्रवाह गर्दा लाग्ने प्रशासनिक शुल्कमा २५ प्रतिशत छुट दिने पनि बैंकले जनाएको छ ।

योजनाअन्तर्गत कृषि तथा एसएमई व्यवसाय विस्तार, उद्यम सञ्चालन, कार्यशील पुँजीलगायत सम्बन्धित प्रयोजनका लागि कर्जा लिन सकिनेछ । अन्य बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा स्थानान्तरण गर्नसमेत यो सुविधा उपयोग गर्न सकिने बैंकले जनाएको छ ।

बैंकका अनुसार यो योजनाले चाडपर्वको समयमा व्यवसाय विस्तार, उद्यम सञ्चालन तथा कार्यशील पुँजी व्यवस्थापनका लागि आवश्यक वित्तीय स्रोत जुटाउन कृषि तथा साना तथा मझौला व्यवसायीलाई सहयोग पुग्नेछ । यो विशेष कर्जा सुविधा बैंकका देशभर रहेका एक सय ७६ वटै शाखाबाट उपलब्ध हुने बताइएको छ ।

सुझावित समाचार