दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, एक घाइते

शुक्रबार, ५ भदौ, २०८३
डिजिटल संस्करण

सर्लाहीको हरिपूर्वा नगरपालिका– ३, काब्रिस्तानस्थित धनकौल–पर्सा भित्री सडकखण्डमा दुई मोटरसाइकल एक–आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। दुर्घटनामा ज.११प १२१३ नम्बरको मोटरसाइकलको पछाडि सवार हरिपूर्वा नगरपालिका– ३ का ४० वर्षीय कारी पमरियाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा प्रदेश २–०२–००३ प ११७५ नम्बरको मोटरसाइकलचालक ईश्वरपुर नगरपालिका– १५, सुक्नाहका ४५ वर्षीय चन्देश्वर दास घाइते भएका छन्। उनको जनकपुरस्थित गोल्डेन अस्पताल, धनुषामा उपचार भइरहेको छ।

दुर्घटनामा संलग्न ज.११प १२१३ नम्बरको मोटरसाइकलचालक हरिपूर्वा नगरपालिका– ३ का २६ वर्षीय अदुत शेखलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै मोटरसाइकल प्रहरी चौकी पर्साको नियन्त्रणमा रहेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार