कुमारी बैंक र हेल्भेटासबिच सम्झौता

शुक्रबार, ५ भदौ, २०८३
डिजिटल संस्करण

कुमारी बैंक लिमिटेड र हेल्भेटास स्विस इन्टरकोअपरेसन नेपाल (हेल्भेटास नेपाल)सँग समझदारी भएको छ । यो साझेदारीको मुख्य उद्देश्य नेपालको उदाउँदो हरित अर्थतन्त्रमा संलग्न सूक्ष्म उद्यमी, कृषक, युवाद्वारा सञ्चालित व्यवसाय तथा मूल्य शृंखला साझेदारको वित्तीय पहुँच विस्तार गर्नुका साथै व्यवसाय विकाससम्बन्धी सहयोग उपलब्ध गराउनु रहेको बताइएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख मार्केटिङ तथा लगानी अधिकृत चन्दन कार्की र हेल्भेटास नेपालका कन्ट्री डाइरेक्टर मनीष प्रधानले औपचारिक रूपमा हस्ताक्षर गरेका हुन् । यससँगै दुवै संस्थाले हरित उद्यम तथा हरित मूल्य शृंखलामा आधारित व्यवसायका लागि वित्तीय पहुँच विस्तार र मूल्य शृंखला वित्तीयकरणलाई प्राथमिकतामा राख्नेछन् । समावेशी आर्थिक विकास, उद्यम प्रवर्द्धन तथा मूल्य शृंखला सुदृढीकरणमा हेल्भेटास नेपालको अनुभवलाई बैंकको वित्तीय विशेषज्ञता, सेवा तथा व्यापक पहुँचसँग जोडेको बताइएको छ । 

बैंकका दिगो बैंकिङ प्रमुख अर्पण पौडेलले हरित उद्यमका विकासका लागि प्रयत्नरत व्यवसाय तथा उद्यमीलाई वित्तीय स्रोतसँगै आवश्यक व्यावसायिक क्षमता विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताए ।

सुझावित समाचार