राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमेरशकुमार सिंहले सरकारको कार्यशैलीसँग मधेशका जनता असन्तुष्ट रहेको बताएका छन्। बुधबार पार्टीको संसदीय दलको बैठकमा बोल्दै उनले कार्यशैली नसच्चिएमा छठपछि मधेशका रास्वपा सांसदले जनताको कुटाइ खाने उनको चेतावनी छ ।
बैठकमा उनले भने, ‘यही पारा हो भने मधेशका सांसदले छठपछि पिटाइ खान्छन् ।’ सरकारले तत्काल कार्यशैली सच्याउनुपर्ने माग उनको थियो । सांसद सिंहले सरकारका नियुक्तिमा पनि प्रश्न उठाए । ‘नियुक्तिमा मेरिटोक्रेसीका आधारमा भन्यौँ । तर, कांग्रेस–एमालेका मान्छे धेरै छन् । धेरै नियुक्ति पाइरहेका कांग्रेस–एमाले छन् नियालेर हेर्याे भने,’ उनले भने । बैठकमा अन्य सांसदले पनि सरकारको कार्यशैलीको आलोचना गर्दे सच्याउन माग गरेका छन्।
पार्टी सभापति रवि लामिछानेले पनि कार्यशैली र व्यवहार सुधार गर्न मन्त्री तथा सांसदहरूलाई निर्देशन दिएका थिए। बैठकमा रास्वपाका सबै मन्त्रीहरू उपस्थित थिए।