कांग्रेस विवाद : देउवापक्ष पुनः अदालत जाने

बुधबार, ३ भदौ, २०८३
डिजिटल संस्करण

महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै नेपाली कांग्रेस संस्थापन इतरपक्ष (शेरबहादुर देउवापक्ष) अदालत जाने भएको छ । आधिकारिकता विवाद सर्वोच्चमा विचाराधीन अवस्थामा रहेको वेला महाधिवेशनको प्रक्रिया अघि बढाउन नमिल्ने इतरपक्षको दाबी छ । 

‘आधिकारिकताको विषय सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको वेला दीर्घकालीन असर पार्ने कुनै पनि काम गर्न मिल्दैन । महाधिवेशन प्रक्रिया अघि बढाउन मिल्ने कुरै होइन । यसविरुद्ध अदालत जाने तयारीमा छौँ,’ इतरपक्षका नेता मीन विश्वकर्माले भने । विशेष महाधिवेशनलाई मान्यता दिने यसअघिको फैसला पुनरवलोकनका लागि सर्वोच्चले अनुमति दिएको थियो । त्यसयता इतरपक्ष उत्साहित बनेको छ । आधिकारिकता १४औँ महाधिवेशन पक्षधरकै पक्षमा आउने विश्वास उनीहरूको छ । महाधिवेशन रोक्न माग गर्दै यसअघि सो समूहले पार्टी कार्यालयमा निवेदन दिइसकेको छ । 

सर्वाेच्चले कांग्रेसको आधिकारिकता विवादमा फेरि सुनुवाइ गर्ने फैसला दुई साताअघि गरेको थियो। 
 

सुझावित समाचार